दशैं–तिहारको उल्लास र सम्झनालाई समेटेर तयार पारिएको आउँछ झझल्को बोलको गीत सार्वजनिक गरिएको छ।
रूपक डोटेल र टीका पुनको स्वर रहेको गीतमा दशैंतिहारको समयमा समेत छुुट्टी नपाएर विरहमा डुबेका सुरक्षाकर्मीको पीडा व्यक्त गरिएको छ। गीतको भिडियोमा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीसहित महानगर प्रहरीहरूले अभिनय गरेका छन्।
भिडियोमा सुष्मा सापकोटा र महानगर प्रहरी बलका नगर प्रहरी सहायक निरीक्षक श्याम मानन्धर मुख्य भूमिकामा छन्। निर्देशक विनोद केसीले महानगर प्रहरीको भूमिकालाई समेत समेटेर भिडियो तयार पारेका हुन्।
कृष्ण लामिछानेको शब्द र संगीत रहेको गीतको भिडियोको कोरियोग्राफी शेरबहादुर साउदले गरेका छन्। दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर दीपक विष्टले गरेका हुन्। भिडियो सिजीएस युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया