उदयपुरमा यात्रुवाहक बस दुर्घटना : एक युवतीको मृत्यु, १५ जना घाइते

1.6k
Shares

उदयपुर । 

उदयपुरको त्रियुगा नगरपालिका ७ काली खोला सुर्के झोलुंगे पुल नजिक मदन भण्डारी लोकमार्गमा दिउँसो  ३.३० बजे भएको सवारी दूर्घटनामा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा न.पा. वडा नं ७ कालीखोला सुर्के स्थित मदनभण्डारी लोकमार्गमा काठमाण्डौबाट धरान तर्फ आउँदै गरेको बा.प्र—.०१—००६ ख ८५२२ नम्बरको ओखलढुंगे बस आफै अनियन्त्रित भई  रोडको साइडमा पल्टेका थियो ।  दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने  १५ जना घाईते भएका छन् । जिल्ला उदयपुर चौदण्डीगढी नंपां वडा न ४  बसाहा बस्ने वर्ष  १८ की सोनु बसेल गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेका छन् । 

बसमा सवार अन्य १५ जना घाईते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा १ जनालाई थप उपचारको लागि धरान रिफर गरिएको उदयपुर जिल्ला अस्पतालले जनाएको छ ।

बस चालक जिल्ला ओखलढुङगा चम्पादेबी गा.पा. वडा नं १० बस्ने वर्ष ३० को सुमन खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बस दूर्घटनामा परेर घाईतेहुनेहरुमा जिल्ला खोटाङ् हलेसी तुवाचुङ न.पा.वडा नं.९ बस्ने वर्ष ४५ की जिना राई, जिल्ला संखुवासभा गोठखोला गा.पा. वडा नं४ बस्ने वर्ष ३९ की छिजी शेर्पा, ऐ.ऐ. बस्ने वर्ष  ४० को निजको श्रीमान निङमा शेर्पाको अबस्था सामान्य रहेको छ ।

यसैगरी  जिल्ला सुनसरी भोक्रा नर्सिङ न.पा. वडा नं ४ बस्ने वर्ष ४० की माया भुजेल, सोही ठाउँ  बस्ने निजको छोरा वर्ष ९ को  सक्षम भुजेल,  जिल्ला पाँचथर फालेलुङ गा.पा. वडा नं. ३ बस्ने वर्ष ३६ को  बिरेन्द्र थाम्सुहाङको पनि अवस्था सामान्य रहेका अस्पतालले जनाएको छ ।  जिल्ला ओखल्ढुङ्गा लिखु गा.पा.वडा नं ३  बस्ने बर्ष  ३२ धन बहादुर जोगी, अबस्था मध्यम रहेकोले धरान रिफर भएको छ । जिल्ला उदयपुर चौदण्डीगढी न.पा वडा नं १ बस्ने बर्ष  २७ की  बिमला नेपाली, जिल्ला  खोटाङ चिसापानि गा.पा. वडा नं ३ बस्ने बर्ष २३ की कमला बस्याल,  जिल्ला सङ्खुवासभा धर्मदेबि न.पा.  वडा नं. ८ बस्ने वर्ष २२ की पबित्रा कटवालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै अन्य घाइतेहरुमा जिल्ला काठमाडौँ शंखरापुर न.पा. वडा नं.९ साखु बस्ने बर्ष  ३५ की लुना कार्की सोही ठाउँ बस्ने निजको छोरा वर्ष  ९ को को आगमन कार्की , जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी  न.पा.वडा नं.२ बस्ने बर्ष ७० की  पदम कला राइ, जिल्ला मोरङ बेलबारी न.पा. वडा  ६ बस्ने वर्ष २१ की भुमिका कार्की, र जिल्ला धनकुटा पाख्रिबास गा.पा. वडा नं. ५ बस्ने ३५ की मन्दिरा तामाङको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Skip This