काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला


काठमाडौं।

काठमाडौँस्थित रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ। बिहीबार ३५ देखि ४० वर्ष उमेरका देखिने पुरुषको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। पोखरीमा शव तैरिरहेको देखेपछि प्रहरी टोलीले बाहिर निकालेको थियो।

शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Skip This