काठमाडौँ।
कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७ विरौटामा बस्दै आएका ४५ वर्षीय कृष्ण कुमाल घाइते भएका थिए।
दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया