इमेज अवार्ड हुने


नेपाली गीतसंगीत क्षेत्रको प्रतिष्ठित अवार्ड इमेज अवार्डको नयाँ संस्करण आयोजना हुने भएको छ। अवार्डमा सहभागी हुन चाहने सर्जक तथा कलाकारका लागि शुक्रबारदेखि आवेदन खुला गरिने भएको छ।

संगीत तपाईंको जीवनको भन्ने नारासहित इमेज एफएम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ मिडियाले आयोजना गर्ने इमेज अवार्ड नेपाली गीतसंगीत क्षेत्रका सर्जक तथा कलाकारको योगदानको सम्मान गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित छ। गीतकार, संगीतकार, गायकगायिका, म्युजिक भिडियो निर्देशक तथा कलाकारलाई प्रोत्साहन र सम्मान गर्दै आएको अवार्डले नेपाली सांगीतिक क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पु¥याउ“दै आएको छ।

दुई दशकभन्दा लामो इतिहास बोकेको इमेज अवार्ड नेपाली संगीत क्षेत्रका पुराना र प्रतिष्ठित पुरस्कारमध्ये एक हो। यसका अघिल्ला संस्करणमा गीत, संगीत, रचना, म्युजिक भिडियो र पब्लिक च्वाइससहित विभिन्न विधामा उत्कृष्ट सर्जक तथा कलाकारलाई पुरस्कृत गरि“दै आएको थियो। अवार्डको अर्को महत्वपूर्ण पक्ष लाइफटाइम अचिभमेन्ट अवार्ड हो।

पछिल्लो पटक २०७९ साल असोज ३ गते काठमाडौंको सोल्टी होटलमा इमेज अवार्डको २२औं संस्करण सम्पन्न भएको थियो। उक्त समारोहमा नेपाली हास्यव्यंग्य तथा संगीत क्षेत्रका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो। सो संस्करणमा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको थियो।

अग्रज सर्जकको सम्मानसंगै नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनमा भूमिका खेल्दै आएको अवार्डको नयाँ संस्करणले नेपाली गीतसंगीत क्षेत्रका सर्जक तथा कलाकारलाई पुनः एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ।

Skip This