काठमाडौं ।
साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नियुक्ति विवादमा परेको छ। उनीमाथि महिला हिंसालगायतका गम्भीर आरोपसहित संसदीय सुनुवाइ समितिमा उजुरी परेपछि सांसदहरूले उनको नाम फिर्ता लिन सुझाव दिएका छन्।
बुधबार, (असोज २८ गते) भएको संसदीय सुनुवाइका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा विपक्षी दलका सांसदहरूले सुनारको नैतिक आचरणमाथि प्रश्न उठाउँदै राजदूत पदको प्रस्ताव छाड्न आग्रह गरेका हुन्। सुनारविरुद्ध परेको उजुरीमा एक महिलालाई यातना दिएको तथा अन्य व्यक्तिगत आचरणसम्बन्धी विषय उठाइएको छ। उजुरीमाथि छानबिन गर्ने क्रममा समितिले सम्बन्धित निकायबाट कागजातसमेत मगाएको थियो।
ललितपुर प्रहरीले पुरानो निवेदन र मिलापत्रसम्बन्धी कागजात समितिलाई बुझाएको समाचार सार्वजनिक भएको छ। सुनुवाइका क्रममा सुनारले भने आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरेका थिए। उनले आफू पनि हिंसामा परेको दाबी गर्दै आरोपको निष्पक्ष मूल्याङ्कन हुनुपर्ने धारणा राखेका थिए।











प्रतिक्रिया