काठमाडौं ।
यस वर्षको मनसुन बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै हिजो बाट नेपालको सबै भूभागबाट मनसुन बाहिरिएको जनाएको हो ।
गत असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट यस वर्षको मौसम बहिर्गमन सुरु गरेको थियो ।
असोज १७ गते सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट यसवर्षको मौसम बहिर्गमनको सुरुआत भएको महाशाखाले जनाएको छ ।
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो । यस वर्ष १२ दिन ढिलो गरी बाहिरिएको हो । मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव रहन सक्ने विभागले जनाएको छ । मौसम बाहिरिए पनि राजधानी लगायत देशका विभिन्न भागको मौसम धुम्म छ ।











प्रतिक्रिया