नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा तीर्थ लामा भारी मतसहित विजयी


काठमाडौं । 

नेपाली कांग्रेसको केन्द्रीय सदस्य (आदिवासी जनजाति) तर्फ तीर्थ लामा ४ हजार ८५७ मत प्राप्त गर्दै विजयी भएका छन्।

उक्त निर्वाचनमा कुल ७ हजार २६ मत खसेको थियो। लामाले प्राप्त गरेको मतका आधारमा उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।