दुई दिनमा तीन स्थानबाट ११९९ किलो भन्दाबढी गाँजा बरामद २ जना पक्राउ

0
Shares

उदयपुर ।

उदयपुरमा बेलकाको रामपुर, कटारी र बेल्टार क्षेत्रबाट प्रहरीले दुईदिनमा तीन स्थानबाट एक हजार१सय ९९ केजी ८४० ग्राम गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

उदयपुरको बेलमा नगरपालिका, कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई युवक सहित गाँजा बोकेको बोलेरो पनि बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुर, कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहानसम्म बेलमा नगरपालिका ५ सुपाडेको देउरालीबाट १सय ५९ केजी ४ सय ग्राम गाँजा बोको पिकअपलाई ट्राफिक प्रहरी सहितको प्रहरी टोलीले चेक जाँच गरेको थियो । चेकजाँच गर्ने क्रममा रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र. १—०२—००२ च ५२९० न। को पिकअप चेकजाँच गर्दा पिकअपमा लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजा ६ वटा बोरामा रहेको १५९ के.जी. ४०० ग्राम गाँजा सहित पिकअप र पिकअप चालक जिल्ला सप्तरी सप्तकोशी न.पा.वडा नं. ८ आदोरा बस्ने बर्ष २८ को पशुपती साफी सहितलाई पक्राउ गरी इप्रका रामपुर ठोक्सिला उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

यसैगरी कटारी नगरपालिका– ६ स्थित साँगुरी पुलनजिकैको जंगल र चौदण्डीगढी नगरपालिका– १ चारघरेबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले बताउनु भयो । । प्रमुख एसपी चापागाईंका अनुसार असोज २५ गते राति करिब १०ः२० बजे कटारी नगरपालिका– ६ स्थित साँगुरी पुल नजिकैको जंगलबाट पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा बरामद गरिएको छ । तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका– २ का करिब २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार त्यस्तै, असोज २६ गते बिहान करिब २ बजे चौदण्डीगढी नगरपालिका– १, चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डमा पार्किङ गरेर राखिएको बा.१४च २२५५ नम्बरको बोलेरोबाट २९ वटा बोरामा रहेको ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले गाँजासहित बोलेरो नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार तीनै स्थानबाट बरामद गाँजाको कुल तौल एक हजार १ सय ९९ केजी ८४० ग्राम छ । पक्राउ परेका राईलाई र साफी लाई इलाका प्रहरी कार्यालय कटारीको र रामपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । बोलेरोबाट गाँजा बरामद भएको घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।