खोटाङ ।
सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै जिल्ला प्रशासन कार्यालय खोटाङले भौतिक उपस्थितीबिनै पनि सेवा लिन सकिने व्यवस्था मिलाएको छ । सेवाग्राहीले आफै वा नजिकैको वडा कार्यालयको सहायतामा प्रशासनको इमेल अथवा ह्वाट्सएपमा आवश्यक कागजात पठाएर सहजै सेवा लिन सक्ने व्यवस्था मिलाएको हो ।
दलित÷आदिवासी जनजाति/खसआर्य प्रमाणितको सिफारिस, थर प्रमाणितको सिफारिस, फैसला÷निर्णयको प्रमाणित प्रतिलिपि, सम्वन्धी सेवाहरु भौतिक उपस्थिती नभए पनि प्रदान गर्ने व्यवस्था मिलाएको हो । परम्पराको रुपमा सञ्चालन गरिने धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव, मेला, इत्यादी सञ्चालनको अनुमति तथा शान्ति सुरक्षा प्रदान गरिने सम्बन्धी सेवाहरु बिना भौतिक उपस्थितिमा उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिनुभएको छ ।
सेवाग्राहीको समय र पैसा दुवै वचत गर्न उक्त सेवा सुरु गरेको प्रजिअ गुरुङको भनाई छ । पहिलो चरणमा चार किसिमका सेवा प्रवाहलाई भौतिक उपस्थिति बिना नै उपलब्ध गराउन थालिएको हो । प्रशासनले सुरु गरेको प्रविधिमैत्री सेवा प्रवाहलाई निकट भविष्यमै थप विस्तार गर्ने योजना बनाइएको प्रशासनले उल्लेख गरेको छ ।
दलित÷जनजाति÷खस आर्य प्रमाणितको सिफारिस र थर प्रमाणितको सिफारिस सम्बन्धित सेवा लिनका लागि सम्बन्धित वडाको सिफारिस सहित जन्म दर्ता वा नागरिकता प्रमाणपत्रको फोटोकपी पेश गर्नुपर्ने जनाइएको छ । परम्पराको रुपमा सञ्चालन गरिने धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव, मेला, इत्यादी सञ्चालनको अनुमति सेवा लिनका लागि सम्बन्धित वडा÷स्थानीय तहको सिफारिससहित निवेदन÷पत्र पेश गर्नुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
राहदानी सेवा सम्बन्धमा बुझ्नु परेमा ०३६–४२०१०२ वा ९७४९८८०३३३ तथा राष्ट्रिय परिचयपत्र सेवाका बारेमा बुझ्नु परेमा ०३६–४२०७५३ वा ९७४५४६३७०० मा सम्पर्क गरेर सेवा लिन प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गुरुङ जिल्ला प्रशासन कार्यालय खोटाङ सरुवा भएर आउनुभएपछि प्रशासनको सेवा प्रवाहमा उल्लेख्य सुधार आएको सेवाग्राहीले बताएका छन् ।
गत भदौ–२५ गते सरुवा भएर खोटाङ आउनुभएका प्रमुख जिल्ला अधिकारी गुरुङले ‘नागरिक सम्वादका लागि प्रमुख जिल्ला अधिकारी’ अभियान सुरु गर्नुभएको छ । नागरिकका समस्या र आवश्यकतालाई सम्बोधन गर्दै प्रशासनिक निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउन जिल्लाव्यापी अभियान सुरु गर्नुभएको हो ।
अभियानले नागरिकका समस्या, गुनासा र सुझावलाई सम्बन्धित निकायसम्म पु¥याउने तथा प्रशासन र नागरिकबीच प्रत्यक्ष सम्वादको वातावरण निर्माण गर्ने प्रमुख जिल्ला अधिकारी गुरुङले बताउनुभएको छ । ।











प्रतिक्रिया