काठमाडौं ।
इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण विक्रेता ट्रेड इन्जिनले काठमाडौंको ढल्कोमा भव्य उद्घाटन गरेको छ। उद्घाटनका अवसरमा कम्पनीले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ।अफरअन्तर्गत रु. ५ हजारको खरिदमा इलेक्ट्रिक केतली, रु. २० हजारमा इन्फ्रारेड कुकर, रु. ५० हजारमा चार बर्नर ग्यास स्टोभ र रु. १ लाखको खरिदमा चार बर्नर ग्यास हब रु. १ मा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

उद्घाटन समारोहमा अभिनेता सलोन बस्नेत, मिस नेपाल २०१८ प्रिया सिग्देल, इन्फ्लुएन्सर करिश्मा केसीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।कम्पनीका निर्देशक सोहिल श्रेष्ठका अनुसार ग्राहकलाई गुणस्तरीय उपकरण, प्रतिस्पर्धी मूल्य, उत्कृष्ट सेवा तथा आकर्षक एक्सचेन्ज सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
उद्घाटन विशेष अफर अष्टमीसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।











प्रतिक्रिया