काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतगणना जारी छ। निर्वाचन समितिले छिटो नतिजा सार्वजनिक गर्न २५ वटा समूह बनाएर मतगणना गरिरहेको जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दुई क्लस्टरको मतगणना सकिएको छ भने चार क्लस्टरको गणना भइरहेको छ। बाँकी छ क्लस्टरको गणना पनि सुरु गर्ने तयारी छ।
जनसम्पर्क समितितर्फ सात केन्द्रीय सदस्य तथा पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको छ। अन्य विभिन्न पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।
समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ।











प्रतिक्रिया