काठमाडौं, (नेस) ।
हिमालयन जुनियर चेस च्याम्पियनसिपमा आइतबार विराज सारडा शतप्रतिशत जितसहित ब्वाइज यू– ८ तर्फ च्याम्पियन भएका छन् । गल्र्सतर्फ सहस्रा क्षत्रीले सफलता हात पारेकी छन् ।
हिमालयन चेस एकेडेमीद्वारा थापाथालीस्थित आफ्नै चेस हलमा आयोजित च्याम्पियनसिपमा जेम्स स्कुलका विराजले ६ राउन्डको खेलमा सबै खेल जितेर सर्बाधिक ६ अंक जोड्दै सफलता हात पारेका हुन् । आरम्भ श्रेष्ठ ४.५ अंकसहित दोस्रो भए भने शिवांश पाण्डे ४ अंकसहित तेस्रोमा रहे ।
काष्ठमण्डप विद्यालयकी सहस्राले ४ अंक बटुल्दै गल्र्सतर्फ पहिलो स्थान हासिल गरेकी हुन् । काव्य अग्रवाल ३ अंकसहित दोस्रो भइन् । स्मिना तुलाधर २ अंकसहित तेस्रो भइन् । कुल १७ जना सहभागि च्याम्पियनसिपमा गल्र्स यू– ६ तर्फ रातो बंगला स्कुलकी रुथ्वी सिंह प्रथम भइन् ।
ब्वाइज यू– ६ तर्फ सृष्टि एकेडेमीका शहर्षबहादुर क्षत्री ३.५ अंक बनाउँदै पहिलो भए । युवानजंग थापाले पनि ३.५ अंक बनाए । तर, बुकोल्जको आधारमा शहर्ष पहिलो भएका हुन् । आदिश आचार्य १ अंकसहित तेस्रो भए ।
स्वीस लिग प्रणालीको आधारमा १० मिनेट र प्रतिचाल थप ५ सेकेन्डको ¥यापिड चेसका विजेताहरूलाई हिमालयन चेस एकेडेमीकी संस्थापक तथा राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बूले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिन् । जुनियर खेलाडीको स्तरोन्नतिको लागि आयोजित प्रतियोगितामा यू– १०, यू– १२ र यू–१४ का प्रतियोगिता दसैंपछि सञ्चालन गरिनेछ ।











प्रतिक्रिया