काठमाडौं ।
भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल–भारतबीच उच्चस्तरीय भ्रमण, वार्ता र द्विपक्षीय संयन्त्रलाई नियमित तथा प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
संसदीय सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजनामा उनले दुई देशबीचका समस्या स्थानीय तहदेखि उच्चस्तरसम्म समन्वय गरेर समाधान गर्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण छिट्टै हुने अपेक्षा पनि कार्ययोजनामा व्यक्त गरिएको छ।
पाण्डेले नेपाल–भारत सीमा सुरक्षालाई प्रभावकारी बनाउन चौबीसै घण्टा सूचना आदानप्रदान प्रणाली विकास गर्ने तथा सीसीटीभी, कृत्रिम बुद्धिमत्ता (एआई) र ड्रोन प्रविधिको प्रयोग बढाउने प्रस्ताव गरेका छन्।
त्यस्तै, पर्यटन प्रवर्द्धन, हवाई तथा रेल सम्पर्क विस्तार, ऊर्जा सहकार्य र व्यापारिक सम्बन्ध सुदृढ बनाउने योजनासमेत उनले अघि सारेका छन्। राष्ट्रिय हित, सार्वभौमसत्ता र जनभावनालाई प्राथमिकतामा राखेर भारतसँगको सम्बन्ध अघि बढाउने उनको प्रतिबद्धता छ।











प्रतिक्रिया