रौतहट ।
रौतहटको चार स्थानमा यात्रु सहायताकक्ष संचालन गरिएको छ । नजिकिदो चाडपर्ब लाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुुरको संयुक्त आयोजनामा चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुरको मुख्यचोक, गरुडा नगरपालिका–४ स्थित गरुडा बजार, बौधीमाई नगरपालिका–७ स्थित बंकुल चोक र गौर नगरपालिका–८ स्थित गौर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।




यस्तै पुर्ब पश्चिम राजमार्ग अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको अगाडि यात्रुका लागि शुद्ध पीउने नेपानी र शौचालयको सुविधासहित रिफ्रेस सेन्टर स्थापना गरी संचालनमा ल्याइएको छ । विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित संचालनमा ल्याइएको यात्रु सहायता कक्ष बाट सबारी साधनका यात्रु लाई ठगिन बाट जोगाउनुका साथै आवतजावत गर्ने यात्रुलाई आवश्यक सहजीकरण, सुरक्षित यात्रासम्बन्धी जानकारी तथा ट्राफिक व्यवस्थापनमा सहयोग गरिने छ ।
त्यसैगरी, लामो दूरीको यात्रा गर्ने यात्रुले केही समय विश्राम गर्न तथा आधारभूत सुविधा उपयोग गर्न सक्ने गरी रिफ्रेस सेन्टरको व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । चाडपर्वको समयमा सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउने उद्देश्यले सहायता कक्ष तथा रिफ्रेस सेन्टर स्थापना तथा संचालन गरिएको ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताउनुभयो ।











प्रतिक्रिया