मुख्य चुनाव आयुक्तको राजीनामा माग्दै सीजेपीको प्रदर्शन, विपक्षी दल सहभागी


काठमाडौं ।

कक्रोच जनता पार्टी (सीजेपी) ले मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै शनिबार प्रदर्शनको आह्वान गरेको छ।प्रदर्शनमा लेफ्ट, आम आदमी पार्टी र ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस सहभागी हुने भएका छन्। तर, कांग्रेस भने प्रदर्शनमा सहभागी नहुने भएको छ। राहुल गान्धी शनिबार चेन्नईमा छात्रहरूको कार्यक्रममा सहभागी हुनेछन्।

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले सीजेपीको प्रदर्शनप्रति नैतिक समर्थन जनाएका छन्। उनले शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युवाको आन्दोलनलाई समर्थन गरेका छन्।यादवले बीजेपी सरकारले बल प्रयोग गरेर जनतालाई रोक्न खोजे त्यो ठूलो भूल हुने बताएका छन्।

उनले जन्तर–मन्तर अब आन्दोलनको स्थल मात्र नभई नयाँ चेतना र जागरणको प्रतीक बनेको उल्लेख गर्दै सरकारले आन्दोलनकारीलाई रोके देशभर जन्तर–मन्तर बन्ने चेतावनी दिएका छन्।