काठमाडौं ।
अविरल वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गलौदीस्थित पृथ्वी राजमार्ग त्रिशूली नदीले कटान गर्दा अवरुद्ध भएको छ। काभ्रेको रोशीमा आएको बाढीले बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, ललितपुरको कान्तिलोकपथ, गुल्मीको कालीगण्डकी करिडोर र सल्यानको बालुवासंग्रही सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन्।यसैगरी, धादिङको त्रिभुवन राजपथ, नवलपरासीको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक र मनाङको बेंसीसहरदेखि खाङ्सारसम्मको सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
डोल्पाको भेरी करिडोरमा पनि पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ। बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।












प्रतिक्रिया