काठमाडौँ ।
भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ भने चार हजार ७२० जना बेपत्ता भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणमा बाढीबाट प्रभावित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो।
बाढीमा चितवनमा सबैभन्दा बढी ३६९ जनाको मृत्यु भएको छ। त्यस्तै, रसुवामा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०५, गोरखामा ८०, धादिङमा ७३ र तनहुँमा ३८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सङ्कलित शवमध्ये हालसम्म एक हजार ३३५ शवको व्यवस्थापन गरिएको छ। एक हजार ४३८ शवको पहिचान हुन सकेको छैन। बाढीबाट विस्थापित एक हजार २३१ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ।











प्रतिक्रिया