प्रेमका गीत लेख्दै आएका निर्मल रत्न शाक्यको फरक सांगीतिक सिर्जना ६० कलाकारको अभिनयमा पाटनको इतिहास र संस्कृति
ललितपुर ।
प्रेम र मायापिरतीका गीत लेख्दै आएका गीतकार निर्मल रत्न शाक्य यसपटक पाटनको इतिहास, संस्कृति र पहिचानको गुणगान गाउन जुटेका छन्।


२ सय ६५ जना गायकगायिकाको स्वर र ६० जना कलाकारको अभिनय समेटिएको ‘जय जय यल देय्’ बोलको गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक हुँदै छ ।
नेपाल भाषा र पाटनको सांस्कृतिक वैभवलाई संगीत तथा दृश्यमा उतार्ने उद्देश्यले तयार गरिएको यो गीत शाक्यको फरक सांगीतिक सिर्जना हो।
गीतमा वरिष्ठ संगीतकार मनराजा नकर्मीले संगीत भरेका छन् भने भूपेन्द्र बज्राचार्यले संगीत संयोजन गरेका छन्। विश्वास बज्राचार्य एवं समूहले निर्माण गरेको म्युजिक भिडियोमा ६० जना कलाकारको अभिनय रहेको छ । गीतमा २ सय ६५ जना गायक गायिकाको स्वर समेटिएको निर्माण पक्षले जनाएको छ ।
ललितपुर महानगरपालिका–१६ का वडाध्यक्षसमेत रहेका शाक्यको शब्द रचनामा तयार भएको गीतमा वरिष्ठ संगीतकार मनराजा नकर्मीले संगीत भरेका छन् भने भूपेन्द्र बज्राचार्यले संगीत संयोजन गरेका छन्। विश्वास बज्राचार्य एवं समूहले निर्माण गरेको म्युजिक भिडियोमा पाटनको मौलिक संस्कृति र सम्पदालाई उजागर गर्ने प्रयास गरिएको छ।
गीतले नेपाल भाषा, पाटनको मौलिक संस्कृति र सम्पदाप्रतिको अनुरागलाई सामूहिक सांगीतिक प्रस्तुतिमार्फत अभिव्यक्त गरेको वरिष्ठ संगीतकार नकर्मीले बताए। पाटनका जात्रा, पर्व, कला, वास्तुकला र परम्पराको महत्त्व नयाँ पुस्तासम्म पु¥याउन गीतसंगीत प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ।
म्युजिक भिडियोका निर्देशक बज्राचार्यले यसले नेपाल भाषा र पाटनको मौलिक संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा व्यक्त गरे। ‘यस भिडियोले नेपाल भाषा र पाटनको मौलिक संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरेका छौं,’ उनले भने।
नेपाल भाषा र गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय शाक्यका यसअघि नेपाल
ल्ववना, जिगु मिखाया न्हयोनय् लगायत तीन वटा म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्।











प्रतिक्रिया