काठमाडौं ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा तोकिएको छ ।
यस्तै, युरोको खरिददर १७३ रुपैयाँ ३२ पैसा, पाउन्ड स्टर्लिङको २०४ रुपैयाँ ५५ पैसा र स्विस फ्र्याङ्कको १८५ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । कुवेती दिनारको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा रहेको छ ।
राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमा हेर्न सकिनेछ ।











प्रतिक्रिया