पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कास्कीको घलेखर्कमा ७३.८ मिलिमिटर वर्षा


काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंसहित सात जिल्लामा भारी वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी कास्कीको घलेखर्कमा ७३.८ मिलिमिटर वर्षा भएको छ।

यस्तै, दार्चुलाको धरमपानीमा ६४.३, संखुवासभाको चैनपुरमा ६२.८, सर्लाहीको नवलपुरमा ६१.२ र मानुसमारा केन्द्रमा ५३.४ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंको कलंकीमा ५१.२ तथा सिन्धुपाल्चोकको बौनीपाटी र काभ्रेको रोशीमा ५०.४ मिलिमिटर वर्षा भएको छ।

महाशाखाका अनुसार अन्य धेरै जिल्लामा मध्यम वर्षा भएको छ। आज पनि देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।