म्याग्दी ।
प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न आएका हिमाली किसान समस्यामा परेका छन्। मुगु र डोल्पाबाट भेडाच्याङ्ग्रा लिएर आएका किसानले बजारसम्म पुग्न लामो समय लाग्दा बिक्री र आम्दानी प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।
मुगुका सञ्जय बिकसहित चार जना किसान दुई सय भेडाच्याङ्ग्रा लिएर ३६ दिनको कठिन यात्रापछि म्याग्दीको गलेश्वर आइपुगेका छन्। त्यस्तै, डोल्पाका किसान पनि सयौँ भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन्।
असोज दोस्रो साताको वर्षा, बाढीपहिरो र बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ढुवानीमा समस्या भएको छ। लामो यात्राका कारण किसान तथा व्यापारीको लागतसमेत बढेको छ।
मुस्ताङमा हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको छ। गत वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए। दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने किसान यसपालि बिक्रीमा भएको ढिलाइले चिन्तित छन्।











प्रतिक्रिया