कांग्रेस महाधिवेशन : सभापतिको मतगणना आजै गरिने


काठमाडौँ।

नेपाली कांग्रेसको १५ महाधिवेशन अन्तर्गत सभापतिका लागि खसेको मतगणना आजै हुने भएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सभापतिको मतगणना राष्ट्रियसभा गृहमा हुने बताए । कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् ।

अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालयमा लगिनेछ । सभापतिको नतिजा सार्वजनिकपछि मात्रै अन्य पदको गणना हुनेछ ।