२१ किलो सुन तस्करीका चिनियाँ अभियुक्त सार्वजनिक


काठमाडौं ।

काठमाडौंको बुढानीलकण्ठमा २१ किलो सुनसहित हिजो राती पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

घरभित्रै सुन गाल्ने मेसिनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरूले बुढानीलकण्ठ नगरपालिका वडा नंबर ३ भंगालमा मासिक ३ लाख ३० हजारमा घर भाडामा लिएर तस्करीको सुन गाल्ने गरेका थिए ।

प्रहरीले उनीहरूबाट सुन गाल्ने मेसिन समेत बरामद गरेको छ । भंगालमा सुन कारोबार भैरहेको सूचनाका आधारमा प्रहरीले एक हप्तादेखि निगरानी बढाउँदा २१ किलो सुन सहित तीन जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

उनीहरुले सुन ओसारपसारका लागि कार समेत भाडामा लिएको बुझिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।