उदयपुर ।
भूमि प्रशासन कार्यालय उदयपुरले आर्थिक वर्ष २०८२/०८३मा आ. ब २०८१ /०८२ को तुलनामा २३.२७ प्रतिशतले राजश्व सकलनमा वृद्धि गरेको छ । विगतमा मालपोत कार्यालयका नामबाट कार्यालय सचालन भएकोमा पछिल्लो समयमा मन्त्री परिषद्को निर्णय अनुसार कार्यालयको नाम परिवर्तन भएकोगत आ बको तुलनामा र किताकाट खुलेपछि घरजग्गाको कारोबार बढेका कारण राजश्व संकलनमा वृद्धि भएको हो । भूमि प्रशासन कार्यालय उदयपुरका प्रमुख भूमि प्शासन अधिकृत डुविन्द्रप्रसाद बरालका अनुसार आ.ब. २०८२/०८३ मा भूमि प्रशासन कार्यालयबाट १५ प्रकारका कारोबार भएको छ ।
जसमा राजिनामा ५ हजार ५ सय ८४ वटा,पास भएका छन् । धितोबन्धक २ हजार ३ सय ८ वटा, लाभकर ७सय ३१ वटा नामसारी ४सय १४ वटा, घर कायम २ सय ४५ वटा भएका छन् । यसैगरी दाखिला खारेज ८२ वटा, सशोधन २सय ८४ वटा, जग्गाधनी पुर्जाको प्रतिलिपि १सय ४१ वटा, ठाडो रोक्का ५० वटा, कित्ता एकीकृत १सय वटा भएका छन् ।
अन्य कारोबारमा ट्रायलचेक २३ वटा, प्रतिउत्तर ४ वटा, श्रेष्ता उतार १ सय ७७ वटा, शेष पछिको वकसपत्र वदर २ वटा र दण्डजरिवाना १ वटा कारोबार गरी जम्मा १ण् हजार १ सय ४६ वटा कारोबार गत आ.ब.मा भएको छ । सबै कारोबारबाट कुल २१ करोड २ लाख ५५ हजार ५ सय १ रुपैया ४४ पैसा राजश्व सकलन भएको जानकारी दिदै प्रमुख भूमि प्रशासन अधिकृत बरालले आ.ब. २०८१/ ०८२ को भन्दा ०८२ /०८३ मा २३.२७ प्रतिशतले राजश्व वृद्धि भएको बताउनु भयो ।
आ.ब. २०८१ /०८२मा रजिष्ट्रेशन शिर्षकमा १२ करोड २६ लाख ९३ हजार ५ सय ५७ रुपैया ५० पैसा राजश्व सकलन भएकोमा गत आ.ब. २०८२ /०८३ मा १३ करोड ७९ लाख ३९ हजार ४ सय ९८ रुपैया १९ पैसा राजस्व संकलन भएको छ । यो अघिल्लो आ. ब.को भन्दा १२ं४३ प्रतिशतले बढी हो ।
यसैगरी पुँजीगत लाभकरमा आ.ब. २०८१/ ०८२ मा ४ करोड ७६ लाख ८२ हजार ६४४ रुपैया असुली भएको थियो भने आ.ब. २०८२/ ०८३मा ७ करोड २१ लाख ५ हजार ७सय ३० रुपैया ७५ पैसा राजस्व संकलन भएको छ । यो अघिल्लो आ. ब.को भन्दा ५१ं२२ प्रतिशतले वृद्धि भएको हो । लाभला२ लाख १० हजार ५सय ७२ रुपैया ५० पैसा राजस्व संकलन भएको कार्यालय प्रमुख बरालले बताउनु भयो । जसमा रजिष्ट्रेसन शुल्कबाट १३ करोड ७९ लाख ४९ हजार २सय १५ रुपैया ६९ पैसा राजस्व उठेको छ ।
पुँजीगत लाभकरबाट ७ करोड २१ लाख ५ हजार ४सय २० रुपैया ७७ पैसा र विविध आम्दानीमा २ लाख १० हजार ५सय ७२ रुपैया ५० पैसा उठेको छ । उठेको राजस्व मध्येबाट १३ करोड ७९ लाख ४९ हजार २सय १५ रुपैया ६९ पैसामा जिल्लाका स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारलाई ४० प्रतिशत बाँडफाँड गरिएको छ । लाभकरबाट प्राप्त ७ करोड २१ लाख ५ हजार ४सय ३० रुपैया ७५ पैसा र विविध आम्दानीको २ लाख १० हजार ५सय ७२ रुपैया ५० पैसा गरी जम्मा रु ७ करोड २घ लाख १६ हजार ३ रुपैया २५ पैसा संघीय सरकारमा पठाएको भूमि प्रशासन कार्यालय उदयपुरका लेखापाल जीवन थापाले बताए ।
प्रमुख भूमि प्शासन अधिकृत बरालले उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा जग्गाको बर्गिकरणको काम भैरहेको र यही कार्तिकभित्रमा सकेर दुबै नगरपालिकाको किता काट सम्बन्धी काम शुरु हुनेछ । कित्ताबाटको काम शुरु भएपछि भने घरजग्गाको कारोबारमा केही वृद्धि हुने अपेक्षा गरिएको बताउनु भयो ।
चौदण्डीगढी नगरपालिकाले आफैले पालिकामा भूमि प्रशासन सम्बन्धी काम शुरु गरेको छ भने कटारी नगरपालिकामा रहेको भूमि प्रशासन कार्यालयले ताप्ली गाउँपालिकाको भूमि सम्बन्धी काम गर्दै आएको छ । भूमिप्रशासन कार्यालय गाईघाटमा त्रियुगा नगरपालिका, बेलका नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको काम भैरहेको गाईघाटका भूमि प्रशासन प्रमुख बरालले बताउनु भयो ।











प्रतिक्रिया