पोखरा ।
कास्कीको पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस कालिका क्षेत्रको ओख्लेस्थित भीरबाट पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ग २ ख १४१७ नम्बरको उक्त बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार थिए। दुर्घटनामा तीन जनाको मृत्यु भएको पोखराका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्।
दुर्घटनामा घाइते भएकामध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। गण्डकी मेडिकल कलेजमा उपचारका लागि पुर्याइएका तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याइएको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको विस्तृत विवरणबारे थप जानकारी आउन बाँकी छ।











प्रतिक्रिया