कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, चार प्रतिवेदन पारित गरिँदै


काठमाडौँ।

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका तर्फबाट प्रस्तुत चारवटा प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ।

चारवटै प्रतिवेदन पारित भएपछि महाधिवेशनको मुख्य कार्यभार नयाँ नेतृत्व चयनतर्फ अघि बढ्नेछ। निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ।

महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापतिसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी कुल २४ जना पदाधिकारी चयन हुनेछन्।

यस्तै, चार जना सहमहामन्त्री र एक जना कोषाध्यक्षलाई सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ। यसअनुसार निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन् भने पाँच जना मनोनीत हुनेछन्।