कांग्रेस मोरङ–६ को अधिवेशनमा झडप, क्षेत्रीय सभापतिका उम्मेदवारसहित कार्यकर्ता घाइते

0
Shares

विराटनगर।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको अधिवेशनस्थलमा झडप भएको छ। सुन्दरहरैँचा– ४ सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा अधिवेशनका लागि मनोनयन दर्ता गर्नेक्रममा बुधबार विवाद भएपछि झडप भएको थियो। झडपकाक्रममा केही घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उहाँकाअनुसार घाइतेहरूलाई विराटनगर ल्याइएको छ ।

मनोनय दर्ताकाक्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो। अधिवेशनस्थल हाल सामान्य बनेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो । मनोनयन दर्ताका क्रममा विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो । अहिले अधिवेशनस्थलको अवस्था सामान्य रहेको मोरङ प्रहरीका डीएसपी मिश्रले जानकारी दिनुभयो ।

प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषयमा विवाद सुरु भएको थियो । माइन्युट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम नपरेको विषयमा कुरा राखेपछि केही व्यक्तिहरू आएर तोडफोड गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार त्यही क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार डिला संग्रौला उठेर कोठाबाहिर निस्किनु भएको थियो । घटनामा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट भएको छ । झडपका क्रममा करिब ५० देखि ६० वटा कुर्सी तोडफोड भएका छन् । झडपपछि अधिवेशनको निर्धारित मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको छ ।

निर्वाचन प्रक्रिया नै रोकिएपछि अब मनोनयन दर्ता कहिले र कसरी अघि बढाउने भन्ने विषयमा अन्योल देखिएको छ । घटनाका प्रत्यक्षदर्शी क्षेत्रीय प्रतिनिधिका अनुसार प्रतिनिधिको नाम तालिकामा एक महिलाको नाम नपरेको विषयमा विवाद भएको थियो। ती प्रतिनिधिका अनुसार माइन्यूट लेखिरहेको अवस्थामा ती महिलाले आफ्नो नाम नपरेकोमा कुरा राखेपछि थप केही व्यक्ति आएर तोडफोड गरेका थिए। निर्वाचन प्रक्रिया नै रोकिएपछि अब मनोनयन दर्ता कहिले र कसरी अगाडि बढाउने भन्ने विषयमा थप अन्योल देखिएको छ।