काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
सोमबार साइबर ब्युरोले म्याद थपका लागि प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो। खतिवडा जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा हुन्।
प्रसाईंले सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको बताइएको छ।
प्रसाईं यसअघि पनि विभिन्न घटनामा पक्राउ पर्दै आएका छन्। गत साउन १८ गते सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए।











प्रतिक्रिया