गृहिणीदेखि विभिन्न पेशाका २२ महिला उपाधिको दौडमा

मिसेस नेपाल वल्र्ड २०२६


गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरसम्म विभिन्न पेसा र क्षेत्रमा सक्रिय २२ महिला अब मिसेस नेपाल वल्र्ड २०२६ को उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।


राजधानीमा विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२६ को स्यासिङ समारोह सम्पन्न भएस“गै उनीहरू औपचारिक रूपमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा प्रवेश गरेका हुन्। कार्यक्रममा देशका विभिन्न भागमा भएको अडिसनबाट छनोट भएका २२ प्रतिस्पर्धीलाई विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वले ट्याग नम्बर र स्यास प्रदान गरेका थिए।

यसपटकको प्रतियोगितामा फरक–फरक पेसा र पृष्ठभूमिका महिलाको सहभागिता रहेको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए। उनका अनुसार गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसम्मका महिला अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्। प्रतियोगिताकी अर्की आयोजक शिला बास्तोलाले व्यावसायिक तथा पारिवारिक जिम्मेवारी सम्हालिरहेका महिलालाई आप्mनो प्रतिभा र व्यक्तित्व प्रस्तुत गर्ने अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।

अन्तिम प्रतिस्पर्धामा शिल्पा न्यौपाने, शान्ता राना, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, दिप्ती ढुंगेल, बिन्दु थापा राना, सुनिता श्रेष्ठ कर्माचार्य, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, सुष्मा थापा, कञ्चन महर्जन, यस्मिन बेगम सइद र नेहा गुप्ता प्रतिस्पर्धा गर्दैछन्।