काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण साझेदारकाे रूपमा उपयोग गर्ने सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउनुभएकाे छ ।


अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएन) तथा विभिन्न नेपाली डायस्पोरा संस्थाहरूले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुँदै मन्त्री खनालले डायस्पोरासम्बन्धी सरकारका नीति तथा प्राथमिकताबारे जानकारी गराउनुभएकाे हाे ।
कार्यक्रममा उहाँले नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी, प्रविधि तथा सम्पर्क सञ्जाललाई नेपालको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने विषयमा सरकारको दृष्टिकोण प्रस्तुत गर्नु भएको थियाे ।
मन्त्री खनालले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई थप सुदृढ गर्दै नेपालको आर्थिक रूपान्तरणमा डायस्पोराको योगदानलाई प्रभावकारी रूपमा परिचालन गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।











प्रतिक्रिया