ये“ याः अर्थात् इन्द्रजात्रामा युवाको हुटहुटी

282
Shares

काठमाडौँ ।

काठमाडौँको टोल–टोलमा धिमेको ताल घन्किदा र लाखे–पुलुकिसीका नाचले गल्ली भरिदा आजभोलि जात्रा तथा पर्वहरूमा युवाहरूको संख्या बढ्दै गएको स्पष्ट देखिन्छ।

युवा पुस्ता अब रथ तान्न, बाजा बजाउन, नाचमा सहभागी हुन, स्वयंसेवकका रूपमा खटिन र सामाजिक सञ्जाल मार्फत जात्राको कथा नया“ पुस्तासम्म पु¥याउन अघि सर्दैछ। पुस्तौँ पुरानो यें याः पुन्हि (इन्द्रजात्रा)को यही बदलि“दो दृश्यले परम्पराको निरन्तरतासंगै पुस्तान्तरणको नया“ आधार तयार गरिरहेको रूपमा लिइएको छ।

इन्द्रजात्राको महत्व, आकर्षकको रूपमा रहेको जीवितदेवी श्री कुमारी, जीवित देवहरू श्री गणेश र श्री भैरवको रथयात्राको पहिलो दिन क्वःनेयाः(काठमाडौँको भित्री सहरको तल्लो भाग) परिक्रमा पछि शनिवार उत्तरी क्षेत्रको थःनेयाः (माथिल्लो टोल) परिक्रमा गराइएको छ। अन्तिम दिन अर्थात् असोज १३ गते मंगलवार नानिचाया’ भनेर मध्यभागको इन्द्रचोक, किलागलतिर घुमाइन्छ। यही सांस्कृतिक गतिविधिले एक सातासम्म काठमाडौँको भित्री सहरलाई परम्परा र उत्सवको रंगमा रंग्याउनेछ।

अहिले रथका डोरी समात्ने युवादेखि धिमेको ताल पछ्याउने, लाखे–पुलुकिसी नाचमा सहभागी हुने र भीड व्यवस्थापनमा खटिने युवासम्म जात्राको हरेक तहमा नयाँ पुस्ताको सक्रियता बढेको देखिन्छ।कतिपय युवा सामाजिक सञ्जालमा जात्राका दृश्य र कथा अभिलेख गर्दैछन् भने कतिपय स्वयंसेवकका रूपमा व्यवस्थापनमा जुटेका छन्।यसले युवालाई जात्रा हेर्ने दर्शकबाट परम्परा धान्ने सहभागी र जिम्मेवारी सम्हाल्ने पुस्तातर्फ अघि बढाइरहेको छ।

युवाको यो आकर्षणको पछाडि मनोरञ्जन मात्र छैन।आफ्नै इतिहास, पहिचान र समुदायसँग जोडिएको अनुभूति, प्रत्यक्ष रूपमा केही गर्न पाउने अवसर र नया“ सीप प्रयोग गर्ने ठाउले उनीहरूलाई जात्रातर्फ तानेको विगत १७ वर्षदेखि इन्द्रजात्राको बाहय व्यवस्थापन समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताउनुभयो।

युवाको सहभागिता बढ्दै जानु मात्रै पुस्तान्तरणको पूर्ण आधार नभएको तर्क गर्दै सांस्कृतिक अध्येयता विराजकाजी राजोपाध्यायले जात्रा महत्व बुझ्नुपर्ने पनि खाचो औँल्याउदै भन्नुभयो– ‘बाजाको कुन तालमा कुन गतिविधि अघि बढाउने, गुठीको जिम्मेवारी कसरी निर्वाह गर्ने र हरेक सांस्कृतिक अभ्यासको अर्थ के हो ? भन्ने ज्ञान ज्येष्ठ पुस्ताबाट युवाले सिक्नुपर्ने हुन्छ। ’

यहानिर भने अहिले चुनौती रहेको पाइएको छ। ज्येष्ठ पुस्तासँगै बसेर युवापुस्ताले जात्राको विधि, त्यसको ऐतिहासिक सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ, गुठी परम्परा र सांस्कृतिक अर्थ सिक्नुपर्ने खाचो रहेको संस्कृति अध्येयता राजोपाध्यायको भनाइ रहेको छ।जात्राको मुख्य मूल्य बुझेको खण्डमात्र युवाले त्यसलाई नया“ प्रविधि, सिर्जनशीलता र व्यवस्थापकीय सीपसँग जोड्न सक्ने राजोपाध्यायको तर्क रहेको छ।