काठमाडौँ ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौँ प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।
काभ्रेको रोशी र धुलिखेलमा पहिरो जाँदा बीपी तथा अरनिको राजमार्ग बन्द भएका छन्। धादिङको बेनीघाट, कृष्णभीर र गजुरी क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा पनि यातायात ठप्प भएको छ।
ललितपुरको भट्टेडाँडा र बिखेंधारामा पहिरो गएपछि कान्ति लोकपथ अवरुद्ध भएको छ। मकवानपुर, नुवाकोट, रसुवा, ओखलढुंगा र पाँचथरका विभिन्न सडकखण्ड पनि बाढी तथा पहिरोका कारण प्रभावित छन्।
जोखिम बढेपछि काभ्रे, सिन्धुली, मकवानपुर, दोलखासहित कोशी प्रदेशका विभिन्न जिल्लामा रातिको समयमा अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ। एम्बुलेन्स, दमकल तथा अत्यावश्यक सामग्री बोकेका सवारीलाई भने प्रहरीको समन्वयमा सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।











प्रतिक्रिया