काठमाडौं ।
अविरल वर्षाका कारण काठमाडौं आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ अवरुद्ध भएका छन्। विभिन्न स्थानमा पहिरो खसेपछि ती सडकमा बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ भने अत्यावश्यक सामग्री भित्र्याउन मकवानपुरतर्फबाट काठमाडौं आउनेतर्फ एकतर्फी खुला गरिएको छ। काठमाडौं हुँदै बाहिर जाने सवारीलाई भने उक्त सडक प्रयोग गर्न दिइएको छैन।
साना सवारीसाधनले हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ। टोखा–छहरे र साँखु हुँदै जाने सडक पनि साना सवारीका लागि खुला छन्। भारी वर्षाका कारण यी वैकल्पिक सडकमा समेत रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइने गरिएको छ।











प्रतिक्रिया