नागोया ।
जापानको नागोया शहरमा जारी २०औँ एसियाली खेलकुदमा कराते खेलले नेपालका लागि खुशीको क्षण ल्याएको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पदक दिलाएका हुन् । उनले पुरुष ८४ केजीमाथिको कुमिते विधामा कांस्य पदक जितेका हुन् ।
तेन्जिङले नागोयास्थित टोयाहासी जिम्नेसियममा बुधबार भएको कांस्य पदक (रिपिचेज) भिडन्तमा लाओसका भाथाना सायासनलाई ९–१ ले पराजित गरेका थिए । योसँगैं उनी एसियाडमा नेपालका लागि कराते खेलमा पदक जित्ने पाँचौं खेलाडी बनेका छन् । यो एसियाडमा नेपालको २४ औं कांस्य पदक पनि हो । नेपालले एसियाडमा हालसम्म ३ रजत र २४ कांस्य पदक जितेको छ ।
हिजै भएको बक्सिङको पुरुष ६० केजी तौलसमूहको पहिलो चरणमा खगेन्द्र रोकामगर जितेका थिए । उनले मकाउका जोन रेयेस सलिनास एल्भिनलाई ५–० ले पराजित गरेका थिए । पदकका लागि उनले अझ कम्तिमा पनि दुई चरण पार गर्नु पर्ने हुन्छ ।
अहिलेसम्म नेपालले प्रतिस्पर्धा गरेको कबड्डी, उसु, महिला भलिबल, सफ्टटेनिस, टेबलटेनिस, साईक्लिङलगातका खेलहरुमा भने पदक जित्ने संभावना लगभग समाप्त भइसकेको छ ।











प्रतिक्रिया