ख्यातिप्राप्त गायिका तथा संगीतकार मिरा राणाले गत आइतवार ६ दशक लामो सांगीतिक यात्राका कालजयी र लोकप्रिय गीतमार्फत राजधानीमा आयोजित कार्यक्रममा दर्शक–श्रोतालाई सांगीतिक यात्राको स्मरण गराइन्। ७४ वर्षको उमेरमा प्रस्तुत मिरा राणा एकल सांगीतिक सा“झमा उनले आफूले स्वर दिएका तथा संगीत भरेका गीत प्रस्तुत गरिन्।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा खचाखच दर्शकबीच सम्पन्न कार्यक्रममा मिराको सांगीतिक यात्राका विभिन्न कालखण्ड र सहकार्यलाई समेटिएका गीत विभिन्न गायक–गायिकाले पनि प्रस्तुत गरे। कार्यक्रममा शम्भुजीत बा“सकोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, कपिल लोहनी, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापा शाक्य, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शीतल थापा र युनिशा देशारलगायतले मिराका गीत गाएका थिए। मनोहर सुनाम म्युजिक कन्डक्टरका रूपमा रहेका थिए।
साहित्यकार तथा सञ्चारकर्मी प्रकाश सायमीद्वारा सञ्चालित कार्यक्रममा मिराले स्वर सम्राट नारायण गोपालस“ग गाएका तिमी देऊ या नदेऊ, मेरो जोवन लैजाऊ, आ“खैमा कसैको तस्बीर बसेछ र बैनीको दया छ भने बोलका गीत प्रस्तुत गरिए। त्यस्तै शम्भुजीत बा“सकोटास“ग गाएको नाच्देऊ मैच्याङ र सिन्धुपाल्चोक जिल्लामा तथा कुमार बस्नेतस“गको मादल घनघन घन्काउ“m कि र लेक फुल्यो लालीगुरा“सलगायतका गीत पनि कार्यक्रममा घन्किए। राणाका चर्चित एकल गीत मखमली चोलो चाहि“दैन, मात चढेको सा“झ, नशालु रात, मेरो पाउमा आज, साम्द सदा शिव, बिर्सिएर मैले फेरि, आजसम्म जसरी बा“चेर आए“ र मेरो फूललाई वसन्त भयो बोलका गीत पनि प्रस्तुत गरिए। मिराले शिव भज साम्द सदा शिवबाट एकल सा“झको सुरुवात गरेकी थिइन्।
क्यान्सरलाई जितेकी र क्यान्सरकै कारण पति उदयजंग राणालाई गुमाएकी मिराले क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले मिरा राणा क्यान्सर समाज स्थापना गरी त्यसेको कोष स्थपना गरेर क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यसहित एकल सांगीतिक सा“झ आयोजना गरेकी हुन्।
सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक समाजले गायक कुमार बस्नेत तथा संगीतकारद्वय शम्भुजीत बा“सकोटा र दीपक जंगमलाई सम्मान गर्ने घोषणा पनि गरेको छ। कार्यक्रममा मिरा राणालाई संगीत क्षेत्रमा पु¥याएको योगदानको सम्मानस्वरूप एक संस्थाले नगद ५० हजार रुपैया“सहित सम्मान गरेको थियो।











प्रतिक्रिया