टेकुकाे प्लास्टिक गोदाममा आगलागी


काठमाडौं ।

काठमाडौं महानगरपालिका- १२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ।

अहिले दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।

आगो नियन्त्रणमा लिन घटनास्थलमा दुई वटा दमकल परिचालन गरिएको छ। नेपाल प्रहरीसहितको टोली र स्थानीय बासिन्दाहरू आगो थप फैलिन नदिन खटिएका छन्।