काठमाडौं।
आयोजक जोन डेवीले जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत यु–१६ गल्र्स फुटसलमा आइतबार विजयी सुरुआत गरेको छ । जोन डेवीले दोहोरा जित आत्मासात् ग¥यो ।
जोन डेवीले युरो स्कुल, छाउनीलाई ७–० तथा जेम्सलाई १–० गोलअन्तरले पराजित ग¥यो । सोही स्पर्धामा ग्यालेक्सी पब्लिक स्कुल, नर्थ भ्याली ‘ए’, इस्ट पोल, जेम्स, कोहिनूर र द एक्सेल्सियर स्कुलले जित हात पारे । नर्थ भ्याली ‘ए’ र ग्यालेक्सी पनि समान २–२ खेलमा विजयी भए ।
यु–१६ ब्वाइजमा वेद्व्यासले दोहोरो सफलता पायो । अन्य प्रतिस्पर्धामा एक्सेल्सियर, जोन डेवी ‘बी’, ग्यालेक्सी, चाँदबाग र डाफोडिलले सफलता हात पारे ।
फुटसलको जोन डेवीकी प्रिन्सिपल उर्वसी सुब्बा र भाइस प्रिन्सिपल उपासना सुब्बाले संयुक्त रुपमा उद्घाटन गरे । तीन विधा समावेश फुटसलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १५ र यु–१६ गल्र्समा ९ टिमले भाग लिएका छन् ।











प्रतिक्रिया