कांग्रेस ललितपुर–१३ को वडा अधिवेशन सम्पन्न, सभापतिमा सुमन गजुरेल


ललितपुर ।

नेपाली कांग्रेस ललितपुर महानगरपालिका–१३ को १५औँ वडा अधिवेशनबाट सुमन गजुरेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।शनिबार एकान्तकुनास्थित क्वालिटी फुड ल्यान्डमा सम्पन्न अधिवेशनले गजुरेलको नेतृत्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा गीता पराजुली र विनोद के.सी., सचिवमा निरज खड्का तथा सह–सचिवमा शेखर ढुङ्गाना चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा लक्ष्मी भण्डारी, मञ्जु के.सी., मञ्जु ताम्राकार, मैना मिजार, प्रियजन खड्का, निरञ्जन रिसाल, संगम सत्याल, निलम कृष्ण शिल्पकार, आश्रय श्रेष्ठ, बिपिन शर्मा र उपेन्द्र बस्नेत चयन भएका छन्।

अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिहरू पनि विभिन्न समावेशी समूह तथा क्षेत्रअनुसार सर्वसम्मत चयन गरिएको छ।

महिला तर्फ रेनु राना मगर, सरस्वती जोशी थापा र तारा के.सी. क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। खुलातर्फ गणेश के.सी., पवन गिरी, गोकुल खड्का, पुरुषोत्तम गजुरेल र पूर्ण ब. कार्की चयन भएका छन्।

पेशागत विज्ञतर्फ नरेश कुमार श्रेष्ठ चयन भएका छन्। ३५ वर्षमुनिका युवातर्फ राधिका स्यावा (महिला खुला), रेमन ध्वज खड्का र मनोज मग्राती चयन भएका छन्।

समानुपातिकतर्फ जीवन के.सी., एकनारायण शर्मा, गणेश भक्त श्रेष्ठ, उपेश नौबाग, रवि बोगटी र क्षितिज खड्का चयन भएका छन्। अपाङ्गता तर्फ पवन खड्का तथा दलिततर्फ पुनम मग्राति चयन भएका छन्।

त्यस्तै प्र.से., सहिद तथा द्वन्द्व प्रभाविततर्फ बलराम के.सी. र हिक्मत सिंह तथा श्रमिकतर्फ गंगा के.सी. चयन भएका छन्।

अधिवेशनबाट वडा तहको संगठनलाई थप मजबुत बनाउँदै पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। सर्वसम्मत नेतृत्व चयनले वडा संगठनभित्र सहकार्य र एकताको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

नवनिर्वाचित सभापति गजुरेलको नेतृत्वमा वडा नं. १३ को संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै अघि बढाउने अपेक्षा गरिएको छ।