काठमाडौं, (नेस) ।
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएको छ । सो खेल २६ अक्टोबरमा हुनेछ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सार्वजनिक गरे अनुसार उद्घाटन खेलमा गत संस्करणका फाइनलिस्ट टोलीहरू भिड्ने भएको हो ।
गत संस्करणमा लुम्बिनी लायन्सल सुदूरपश्चिम रोयल्सलाई हराएर उपाधि जितेको थियो । सुदूरपश्चिम पछिल्ला दुई संस्करणको उपविजेतामै सीमित भएको टोली हो । पहिलो संस्करणमा जनकपुर बोल्टले सुदूरलाई हराएर उपाधि जितेको थियो ।











प्रतिक्रिया