मार्वलस, भ्याली पब्लिक र जेबीलाई उपाधि


काठमाडौं, (नेस) ।

मार्वलस, भ्याली पब्लिक र जेबी स्कुलले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । मार्वलस सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्समा र जेबी जुनियर ब्वाइजमा च्याम्पियन बने ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा मार्वलसले न्युटनलाई ७५–४३ ले सहजै पराजित ग¥यो । मार्वलसका सिनेप शाहीले २० अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३१–२३ ले हरायो । भ्याली पब्लिककी सोनीमाया तामाङले १४ स्कोर गरिन् ।
जुनियर ब्वाइजको फाइनलमा जेबीले एन्जल्स हार्टलाई २४–२२ ले पाखा लगायो । जेबीका लागि प्रकाश रोकायाले ८ अंक जोडे ।
सिनियर ब्वाइजमा मार्वलसका नवीन कार्की, सिनियर गल्र्समा भ्याली पब्लिककी सोनीमाया तामाङ र जुनियर ब्वाइजमा जेबीका भीम रोकाया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा मार्वलसका सिनेप शाही, सिनियर गल्र्समा फेरिल्यान्डकी सन्दिपा राई र जुनियर ब्वाइजमा जेबीका आरभ राणा उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा न्युटनका युनिक कार्की, सिनियर गल्र्समा भ्याली पब्लिककी दृष्य गुरुङ र जुनियर ब्वाइजमा जेबीका सौरव श्रेष्ठ सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।