काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्न विभिन्न शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन्।
संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीलाई कमजोर बनाउन षडयन्त्रपूर्ण गतिविधि भएको दाबी गरे।
उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनको मौन अवधिमा बीबीसीले झुटा सूचना सम्प्रेषण गरी मतदातालाई अल्मल्याएर नेपाललाई गलत बाटोतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाए।
ओलीले गत भदौ २३–२४ गते भएको आन्दोलनमा संलग्न व्यक्ति तथा शक्तिहरूबारे तथ्यहरू क्रमशः सार्वजनिक हुँदै गएको दाबी गर्दै संविधानको रक्षा र कार्यान्वयनका क्रममा ठूला चुनौतीको सामना गर्नुपरेको बताए।











प्रतिक्रिया