संविधानप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री बालेन


काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले वर्तमान संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र सक्रिय नभए कागजमा सीमित हुने बताए ।

उनले सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएर अघि बढिरहेको दाबी गरे । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्न सरकार दृढ रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री शाहले विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त रहेको उल्लेख गर्दै प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताए ।