काठमाडौं ।
सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासी बाट ८० लाख रुपैयाँ भन्दा बढिको मोबाइल पार्टस् बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरिले हिजो राती करिब ११:५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका -४ स्थित झाडिमा लुकाई छिपाई अबैध ढंगले राखेको सो सामान बरामद गरेको हो ।
अबैध सामान झाडिमा लुकाइराखेको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको कमाण्डमा गएको टोलिले खोज तलास गर्दा करिब ८० लाख ३० हजार बराबरको मोबाइलका पार्टसहरु मोबाईल ब्याट्री,टेम्पर ग्लास, एअरबर्ड,स्मार्ट वाच र स्पिकर लागायतको सामान बरामद भएको हो ।बरामद सामान आबश्यक कारबाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।











प्रतिक्रिया