अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता


काठमाडौँ।

अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री वाग्लेले विपद्को समयमा भारतीय पक्षले सहयोगमा देखाएको तत्परताप्रति आभार व्यक्त गरेका छन् । विदेशमन्त्री जयशंकरसँगको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री वाग्लेको सचिवालयले जनाएको हाे।

भारतीय विदेशमन्त्री जयशंकरले अर्थमन्त्री वाग्लेसँग आर्थिक, राजनीतिक र कनेक्टिभिटीको विषयमा छलफल भएको उल्लेख गरेका छन् । विपद्‌मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गरेको जानकारी विदेशमन्त्री जयशंकरले एक्समार्फत गराएका हुन् ।