काठमाडौं, (नेस)।
नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल राहत उपलब्ध गराउने भएको छ । प्राधिकरणअन्तर्गत ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको जनाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बेपत्ता कर्मचारी तथा कामदारका नजिकका हकवालालाई तत्काल ५ लाख रुपियाँ राहत दिने निर्णय गरेको हो ।
त्यस्तै, स्थायी कर्मचारीका परिवारलाई बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम बढीमा ६ महिनासम्म निर्वाह खर्चका रूपमा उपलब्ध गराउने निर्णय भएको छ ।
मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी तथा कामदारका परिवारको जिम्मेवारी राज्यले लिने बताउँदै राहत रकमले दुःख कम गर्न केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।











प्रतिक्रिया