भारतको मिस युनाइटेड नेसनमा स्नेहा


भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनाइटेड नेसन २०२६ मा नेपालको प्रतिनिधित्व युवती स्नेहा राउतले गर्ने भएकी छन्। आगामी अक्टोबर ५ देखि नया दिल्लीमा हुने प्रतियोगितामा राउत नेपालबाट एकल प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।
ललितपुरकी २४ वर्षीया राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन्।

ग्रीन आट्र्स मिडिया प्रालिले राजधानीमा कार्यक्रम आयोजना गरी उनलाई मिस युनाइटेड नेसन नेपाल २०२६ को ताज पहि¥याएर नेपालको प्रतिनिधि घोषणा गरेको हो। कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्य, फोटोग्राफर महेश प्रधान, फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठ र ग्रीन आट्र्स मिडियाका सीईओ प्रवीणप्रसाद लाकौललगायतले राउतलाई ताज पहि¥याउ“दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गरिमा उच्च राख्न शुभकामना दिए।

आयोजकका अनुसार मिस युनाइटेड नेसन नेपाल नेपाली युवतीहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र नेतृत्व क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना हु“दै आएको छ। राउतले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको कला, संस्कृति, सौन्दर्य, प्रतिभा र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने बताइन्।