न्युटन र तेजस्वीलाई सफलता


काठमाडौं, (नेस) ।

न्युटन र तेजस्वी एकेडेमीले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सफलता हात पारेका छन् ।
न्युटनले सेबलाई १९–१५ ले पराजित ग¥यो । न्युटनकी इरेनी राणाले १० अंक जोडिन् । तेजस्वीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २५–१२ ले हरायो । तेजस्वीकी निशा पण्डितले १३ स्कोर गरिन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समै जेबी स्कुलले वेद्व्यासलाई २७–१३, फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २२–१९ र मन्जरीले विभूतिलाई २३–१५ ले पन्छाए । जेबीकी कृष्टिना रावलले १७, फेरिल्यान्डकी करुणा बोगटीले १४ र मन्जरीकी समृद्धि बनले २२ अंक जोडे ।

सिनियर ब्वाइजमा न्युटनले बीएनएलाई ५१–३८, सेबले किङडमलाई ५४–४२, इबीएले वेद्व्यासलाई ४३–२५ र लालीगुराँस नेसनल एकेडेमीले नेसनल युनाइटेडलाई ५८–२७ ले पन्छाए । न्युटनका मिक्सन तामाङले १३, सेबका अंश श्रेष्ठले १४, इबीएका आदित्य श्रेष्ठले २७ र लालीगुराँसका रोहित गुरुङले १८ अंक बटुले ।