रेडियो नेपालका प्रथम गायक तथा महान् रंगकर्मी एवं अभिनेता स्वर्गीय हरिप्रसाद रिमालको १०२औ“ जन्मजयन्तीमा आगामी असोज २ गते शुक्रवार रिमालको अर्धकदको प्रतिमा अनावरण गरिने भएको छ।
हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत तथा सञ्चार सेवा सम्मान तथा पुरस्कारसमेत प्रदान गरिनेछ। राजधानीको मध्यवानेश्वरस्थित रिमालकै निवासमा आयोजना हुने कार्यक्रममा कला तथा सञ्चार क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिने प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता सम्राट सापकोटाले जानकारी गराए।
रिमाल नेपाली रेडियो नाटकका अग्रणी व्यक्तित्वका रूपमा चिनिन्छन्। रेडियो नेपाल स्थापना भएपछि सन् १९५०÷५१ तिर शंकर लामिछानेको रचनामा रहेको दिल टुक्रा भएर आ“खाको बाटो बगेछ बोलको गीत रेकर्ड गराएर उनी रेडियो नेपालका पहिलो गायक दर्ज भएका थिए। रेडियो नाटकको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याएका रिमाललाई नेपाली रेडियो नाटकका पिता भनेर समेत चिनिन्छ।
रंगमञ्च र रेडियो नाटकका विशिष्ट निर्देशकका रूपमा स्थापित रिमाल रंगमञ्चीय तथा फिल्म अभिनयस“गै गायनमा सक्रिय थिए। नेपाली कलाकारलाई लिएर नेपालमै छायांकन गरिएको नेपालको पहिलो फिल्म आमामा अभिनय गरेका उनले त्यसपछि मनको बा“ध, के घर के डेरा लगायतका फिल्ममा समेत अभिनय गरेका थिए।
करिब सात दशक लामो रंगमञ्च, रेडियो, संगीत र अभिनय यात्रामा रिमालले नेपाली कला क्षेत्रमा बहुआयामिक योगदान दिएका थिए। नेपाली रंगमञ्चलाई व्यावसायिक तथा कलात्मक रूपमा अघि बढाउने प्रारम्भिक पुस्ताका महत्वपूर्ण कलाकारका रूपमा उनको योगदानलाई स्मरण गरिन्छ।
१९८२ साल असोज ४ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते निधन भएको थियो। उनको जन्मजयन्तीमा आयोजना हुने कार्यक्रममा प्रतिमा अनावरणस“गै रिमालको योगदानस“ग सम्बन्धित पुस्तक वितरण तथा सम्मान र पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता सम्राट सापकोटाले जानकारी दिए।











प्रतिक्रिया