कुशे औँसीमा गोकर्णेश्वरमा श्रद्धालुको भीड


काठमाडौँ । 

आज कुशे औँसी पर्व देशभर मनाइँदैछ। सनातन धर्मावलम्बीले पवित्र कुश घरमा भित्र्याउनुका साथै बाबुलाई मिठाई तथा भोजन खुवाएर सम्मान गर्दै बाबुको मुख हेर्ने परम्परा छ।

बाबु नहुनेहरूले भने दिवङ्गत पितृको सम्झनामा विभिन्न तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्।

कुशे औँसीका अवसरमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। बिहानैदेखि दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने श्रद्धालुको उल्लेख्य भीड लागेको छ। धार्मिक मान्यताअनुसार आज उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने भएकाले यस दिन कुश घरमा भित्र्याउने चलन रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।